सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा नं १ मा सम्पन्न बाहिङ किरात बन्धुहरुको बृहत् भेलाले नौधन बाहिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ । कार्यक्रम यही वैशाख २० गते ख्याम्पुमा सम्पन्न भएको थियो । नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुमा उपाध्यक्ष पदमा नरलक्षी बाहिङ, सचिवमा पूर्ण बहादुर बाहिङ, सह–सचिवमा समिर बाहिङ, कोषाध्यक्षमा लच्छुवीर बाहिङलाई जिम्मेवारी दिईएको छ । समितिको सदस्यहरुमा सन्तुवीर बाहिङ,भीमराज बाहिङ,प्रज्वल बाहिङ र लिला बाहिङलाई चयन गरिएको छ । कार्यसमितका बांकी सस्दस्यहरु कार्यसमितिको आगामी बैठकले मनोनयन गर्ने निर्णय गरीएको छ । कार्यक्रम बाहिङ किरात मुलुखिम सल्यान द्यालकार्य समितिका अध्यक्ष मान बहादुर बाहिङको अध्यक्षतामा बाहिङ किरात मुलुखिमका केन्द्रिय सचिव देब कुमार बाहिङको प्रमुख आतिथ्यतामा बाहिङ किरात मुलुखिमका सोलुखुम्बु जिल्ला कार्य समिति अध्यक्ष विष्णु कुमार बाहिङ, बाहिङ किरात युवा संगठनका केन्द्रिय महासचिव शेर बहादुर बाहिङ र युवा संगठनका केन्द्रिय सदस्य पवन बाहिङको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै मुलुखिमका केन्द्रिय सचिव देब कुमार बाहिङले संस्थाको आगामी रणनीति तथा नवनिर्वाचित कार्यसमितको भुमिका बारेमा प्रशिक्षण दिनुभएको थियो । बाहिङ किरात युवा संगठनका केन्द्रिय महासचिव शेर बहादुर बाहिङले आउदै गरेको १२ आंै राष्ट्रि«य जनगणनामा जातिको महलमा बाहिङ,भाषाको महलमा बाहिङ,पुर्खौली भाषाको महलमा बाहिङ, दोस्रो भाषामा नजिकको किराती भाषा र धर्मको महलमा किरात लेख्ने र लेखाउन अभियान संचालन गर्न नयाँ कार्य समितिलाई निर्देशन दिनुभयो । कार्यक्रममा २० जना भन्दा बढी बाहिङ बन्धुहरुको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित कार्यसमितिको सल्लाहाकारमा बाहिङ किरात मुलुखिमका केन्द्रिय सचिव देव कुमार बाहिङ, मुलुखिमका सोलुखुम्बु जिल्ला अध्यक्ष विष्णु कुमार बाहिङ, नक्सो शुभहर्क बाहिङ, निवर्तमान सल्यान द्यालकार्य समितिका अध्यक्ष मान बहादुर बाहिङ, मुलुखिमका सोलुखुम्बु जिल्लाका पुर्व अध्यक्ष धनजन बाहिङ,सोलुखुम्बु कार्यसमितिका पुर्व जिल्ला संदस्य राम कुमार बाहिङलाई मनोनयन गरिएको छ । त्यसैगरी नेचासल्यान गाँउपालिका वडा नं १ का वडा अध्यक्ष रमेश कुमार राई बाहिङ, पत्रकार तथा मुलुखिमका प्रचारप्रसार विभाग प्रमुख बुद्धवीर बाहिङ , प्रस्तावित भुमेश्वरी मा. विका शिक्षिका साबित्रा बाहिङ , बाहिङ किरात युवा संगठनका केन्द्रिय महासचिव शेर बहादुर बाहिङ, निजामति कर्मचारी तथा जिल्ला जनगणना कार्यालय सोलुखुम्बुका राष्ट्र«सेवक योङ्ग बहादुर बाहिङ र समाजसेवी वसन्त कुमारी बाहिङलाई सल्लाहाकारमा मनोनयन गर्ने निर्णय गरिएको छ । संस्थाको आगामी कार्यदिशा तथा बैठकबारेमा अर्को बैठकले निर्णय गर्ने कुरा हिमालय टाईकुन डटकमलाई नवनिर्वाचित अध्यक्ष नौधन बाहिङले जानकारी दिनुभयो ।


