बाहिङ किरात मुलुखिमको सोलुखुम्बु जिल्ला नेचासल्यान गाँउपालिका वडा २ मा सम्पन्न बाहिङ बन्धुहरुको वडा स्तरीय भेलाले तिलक बहादुर बाहिङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समित गठन गरेको छ । कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्ष किसान बाहिङ ,सचिवमा ख्यामराज बाहिङ ,सह– सचिवमा निरकुमार बाहिङ ,कोषाध्यक्ष अमृत बाहिङ र सदस्यहरुमा दिपक बाहिङ ,सन्तोष बाहिङ ,बलिवीर बाहिङ ,ज्ञान बहादुर बाहिङ ,एकराज बाहिङ ,सृजना बाहिङ ,दिपेन बाहिङ ,चेत बहादुर बाहिङ ,योगेन्द्र बाहिङलाई चयन गरिएको छ । नवनिवार्चित कार्यसमितिमा बाँकी रहेका अन्य सदस्यहरु टोल र भूगोल समेटी कार्यसमितिको आगामी बैठकले पछि मनोनित गर्ने निर्णय गरेको छ । २ नं वडा द्याल कार्य समितको सल्लाहाकारमा प्रमुख मसिचा पूर्खाधन बाहिङ ,पूर्खा रुद्र बहादुर बाहिङ ,पूर्खा एम बहादुर बाहिङ , बाहिङ किरात मुलुखिमका केन्द्रिय सचिव देब कुमार बाहिङ ,सोलुखुम्बु जिल्ला महाकुलुङ गाँउपालिका वडा नं ५ का वडा सचिव युवराज बाहिङ , २ नं वडामा अवस्थित श्री महेन्द्रोदय मा. वि का शिक्षक मनु बाहिङ , २ न. वडाकै अर्को विद्यालय वि .पी संस्कृत मा. वि का शिक्षक हर्क बहादुर बाहिङलाई मनोनयन गरेको छ । यसैगरि बाहिङ किरात युवा संगठनका केन्द्रिय महासचिव शेर बहादुर बाहिङ, सेवा निवृत शिक्षक जिवन बाहिङ र समाजसेवी बिशाल बाहिङलाई सर्वसम्मतिले सल्लाहाकारमा चयन गरिएको छ ।
कार्यक्रम बाहिङ किरात युवा संगठनका केन्द्रिय महासचिव शेर बहादुर बाहिङको अध्यक्षतामा मुलुखिमका केन्द्रिय सचिव देब कुमार बाहिङको प्रमुख आतिथ्यतामा गत वैशाख १८ गते दोदीमा सम्पन्न भएको थियो । कार्यक्रममा ३० जना भन्दा बढी बाहिङ बन्धुहरुको उपस्थिति रहेको थियो । बाहिङ जातिको विषयवस्तुको बारेमा मुलुखिमका केन्द्रिय सचिव देब कुमार सेचोचा बाहिङले प्रशिक्षण दिनुभएको थियो भने राष्ट्रिय जनगणाना २०७८ मा जातिको महलमा बाहिङ, मातृभाषामा बाहिङ ,पूर्खाैलि भाषामा बाहिङ ,द्रोसो्र भाषामा किराती अन्य भाषाहरु र धर्मको महलमा किरात लेख्न र लेखाउने अभियान सञ्चालन गर्न युवा संगठनका केन्द्रिय महासचिव शेर बहादुर बाहिङले निर्देशनात्मक भनाई राख्नुभएको थियो । कार्यक्रममा अथितिको रुपमा प्रमुख मसिचा पूर्खाधन बाहिङ ,पूर्खा रुद्र बहादुर बाहिङ ,पूर्खा लाल बहादुर बाहिङ , निजामति कर्मचारी युवराज बाहिङ र शिक्षक हर्क बहादुर बाहिङको उपस्थिति रहेको थियो । संस्थाको मासिक नियमित बैठक महिनाको अन्तिम शनिबार २ न. वडाको केन्द्र दोदीमा बस्ने तथा बाँकी संस्थागत निर्णयहरु र भावी कार्ययोजनाबारे कार्य समितिको अर्को बैठकले टुंगो लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर