शेखर राई÷काठमाडौं
बाहिङ किरात युवा सङ्गठनको काठमाडौंमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनबाट करुणा बाहिङको नेतृत्वमा १७ नयाँ कार्य समीति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कविता बाहिङ र तेज बाहिङलाई निर्वाचित गरिएको छ । त्यसैगरी महासचिवमा शेर बहादुर बाहिङ सचिवमा शम्भु बाहिङ कोषाध्यक्षमा पार्वती बाहिङलाई जिम्मेवारी दिइएको छ ।
समितिको सदस्यहरुमा पवन बाहिङ,पुष्प बाहिङ,नबिन बाहिङ,ख्याम बाहिङ,प्रसुन बाहिङ साथ–साथै राष्ट्रिय सम्मेलन बाहिङ किरात युवा संगठनका संस्थापक अध्यक्ष देवकुमार सेचोचा बाहिङको अध्यक्ष्यतामा बाहिङ किरात मुलुखिमका उपाध्यक्ष तथा पद्यमकन्या क्यामपसका उप–प्राध्यापक मुगामायाँ बाहिङको प्रमुख आथित्यतामा र आदिवासि तथा जनजाति युवा संगठनका केन्द्रिय सदस्या देव तोनिमी बाहङको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम चैत २८ गते शनिबार मुलुखिमको केन्द्रिय कार्यालय चावहिल काठमाडौंमा आयोजना गरिएको थियो । संगठनको सल्लाहकारमा निर्वतमान अध्यक्ष देब कुमार सेचोचा बाहिङ,निवर्तमान बरिष्ठ उपाध्यक्ष विकास बाहिङ र निर्वतमान उपाध्यक्ष मनरान बाहिङ रहेको कुरा संगठनका महासचिव शेर बहादुर बाहिङले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर