काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री डा एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ। दुई समकक्षीबीच आज दिउँसो टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

टेलिफोन वार्ताका क्रममा दुई समकक्षीबीच कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाल र भारतबीच थप सहकार्यलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले बताएको छ। सो अवसरमा कोभिड-१९ विरुद्धको खोपको आपूर्तिको विषयमा पनि छलफल भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर