बाग्मती प्रदेश अन्तर्गत रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं १ मा पर्ने सिवालय समुन्द्री सतहबाट १८०० मिटरमा अवस्थित छ । यस गाउँपालिकाको पाँचपोखरी खिम्ती गाउँको सिरबाट आएको खिम्ती खोलामा १७२० मेगावटको ड्याम बन्न लागेको छ । नेपाल सरकार ऊर्जा मन्त्रालयबाट विस्तृत परियोजना प्रतिवेदन पनि सम्पन्न भईसकेको छ । निर्माणाधिन ड्याम क्षेत्रमा करिब ९०० घरधुरी भएको र यस एरियाको सबै बासिन्दालाई परियोजनाले घरधुरीलाई जग्गाको उचित मुआब्जा रकम स्थानिय जग्गाको मुल्यको मुल्याङकनको आधारमा वितरण गरिने व्यापारी तथा ट्रेकिङ गाईड आङीमा शेर्पाले बताउनु भयो ।
शेर्पाको भनाई अनुसार ड्यामको पानीको उचाई २०० मिटर चौडाई ३ किलोमिटर,लम्बाई १५ किलोमिटरको निर्माण हुने कुरा बताउनु भयो । उनका अनुसार रामेछाप जिल्ला हुँदै विभिन्न हिमाल चढ्न जाने पर्यटकहरु शिवालय बजारको बाटो भई नुम्बुर चि सर्केट, सगरमाथा हिमाल चढ्न जाने पर्यटकहरु जाने गर्दछन् । यस ईलाकाकोे बासिन्दाको मुख्य व्यवसाय पर्यटन हो । यस क्षेत्रमा हिन्दु,क्रिश्चियन र किरात धर्म मान्ने विभिन्न जातजातिका मानिसहरु बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर