
काठमाडौँबाट १६५ किलोमिटर टाढा रहेको तनहँु जिल्लाको व्यास नगरपालिकामा अवस्थित टिकटकबाट भाईरल भएको प्रसिद्ध ठाउँ मानाहौँकोट समुद्रिसतहबाट करिब १,००० देखि १,२०० उचाईमा रहेको छ । मानाहौँकोटमा वाह्य नभई आन्तरिक पर्यटकहरु घुम्न जाने गरेका छन् । यस ठाउँमा सेतो बादलको घुम्टो,विभिन्न हिमश्रृङ्खलाहरु,सूर्योदय र सूर्यास्तको दृश्य हेर्नेको घुईचोे लाग्ने ठाउँ हो । विशेषतः शुक्रबार र शनिबार बढी भिड्भाड् हुने गरेको स्थानिय व्यापारी शैलेस सुनामले बताउनु भयो । यस ठाउँमा नेपाली मात्र नभई भारतीय पर्यटकहरु समेत आउने गरेको जानकारी दिनुभयो । काठमाडौँबाट नजिक भएकोले शुक्रबार आउने तथा शनिबार फर्किने गरेका छन् ।
मानाहौँ डाडाँमा टेन्टमा सुत्न जाने र होमस्टेमा आन्नद लिन रु. ३,५०० र होमस्टेमा रु. ५०० प्रतिव्यक्ति खर्च पर्न जान्छ । भाईरल भएसगैँ दशैतिहारपछि पर्यटकहरुको चाप वृद्धि भएकोले त्यस ठाउँमा भ्यूटावर निर्माणकार्य सुरुभईसकेको निमार्ण मातावरैका ठेक्दार बिमल प्रतेलले जानकारी दिनुभयो । टावर २.५ आनामा सम्पन्न गरिने गरि रु. ४५ लाख लागतमा दुई तलाको संरचना निर्माण गरिने कुरा समेत प्रतेलले जानकारी दिनुभयो । नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भईरहेको भ्यूटावर आगामी चैत्र मसान्तभित्र सम्पन्न गरिने छ । अग्लो डाडाँ र बस्ती कम भएकोकारण पानीको व्यवस्था नभएकोले पर्यटकहरुले दुःख र हैरानी व्यर्होनु परेको घुम्न आउनुभएका खोटाङका पर्यटन व्यावसायी उमेश राईले जानकारी दिनुभयो ।


