
काठमाडौं/ शेखर किराती
काठमाडौं/ पहिचानको आधारमा कोशी प्रदेशको नामाकरण पुनः नामाकरण गरियोस भन्ने माग गर्दै संघर्ष समितिले मध्यपहाडीलोक मार्ग उदयपुरको घुर्मी देखि पाँचथरको चिवाभञ्ज्याङसम्मको पहिचानवादी जागरण मंसिर १४ बाट सुरुभएको छ । बिहीबार घुर्मी बजारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरिएको छ । जसलाई संघर्ष समितिले ‘घुर्मी(चिवाभन्ज्याङ पहिचानवादी जागरण–२०८०’ भनेको छ । उक्त कार्यक्रम स्थलमा विभिन्न जिल्ला र राजधानी काठमाडौंबाट गरि ५०० भन्दा बढी आन्दोलनकारीहरुको उपस्थितिले उदयपुरको घुर्मीमा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रमाको अभियान अनुरुप नै आगामी मंसिर २५ गते विभिन्न १८ स्थानमा सांस्कृतिक साहित्यिक कार्यक्रमसहितको कोणसभा गरिने छ भने मंसिर २६ र २७ गते मध्यपहाडी लोकमार्गअन्तर्गत उदयपुरको घुर्मीदेखि खोटाङको दिक्तेल हुँदै चिवाभन्ज्याङसम्मको सडक बन्द गरिने कुरा हिमालयनटाईकुनलाई प्राप्त भएको छ । यसै कार्यक्रमको संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा घुर्मीदेखि ओखलढुंगा हुँदै सोलुसम्मको सडकलाई ‘बलबहादुर राई मार्ग’ पनि घोषणा गरिएको थियो ।



जसमा पूर्वमाओवादी नेता गोपाल किराती, जनता समाजवादी पार्टीको किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण चोङबाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका उपाध्यक्ष राकेश राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निकी शेर्पा, पशुपतिनाथ मन्दिरको पहिलो नेपाली भट्ट डा. विष्णु दाहाल लगायतले बोलेका थिए ।