
शेखर किराती/ काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । रिजालको निधन डेंगी संक्रमणको कारण निधन भएको पृष्ठी भएको छ । रिजाललाई काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको स्रोतको भनाई छ ।
रिजाल काडमाडौं वडा नंं १६ बाट गत स्थानिय चुनावमा नेपाली कांग्रसबाट निर्वाचित भएका थिए । रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजे राष्ट्रिय सभा गृहमा राखिने कुरा स्रोतबाट प्राप्त भएको छ ।


