काठमाडौं नेकपा (एकीकृत समाजवादी) कोशी सम्पर्क कमिटीको कार्यलय तिनकुनेमा हिजो भएको सोलुखुम्बु काठमाडौंको सम्पर्क मञ्च र (एकीकृत समाजवादी)को घटक संगठन नेपाल किरात राई संघ (समाजवादी) सहितको भेलामा केहि छलफल र निर्णयहरु भएको कुरा राई संघका महासचिव अधिवक्ता देव कुमार राईले हिमालयन टाइकुनलाई जानकारि दिनुभयो । राईका अनुसार बैठकमा कोशी सम्पर्क कमिटीका अध्यक्ष दिलिप कुमार राईका अनुुसार सम्पर्क कमिटीको कार्यलयमा लक्कर दराज राख्ने र कार्यलयलाई विभिन्न रङ्गरोगन गर्ने गरि कोशी सम्पर्क कमिटीका सदस्यहरुबाट नै सहयोग रकम उठाई किन्ने निर्णय गर्नुभएको कुरा कोशी सम्पर्क कमिटीको अध्यक्ष दिलिप कुमार राईले बताउनु भयो । उहाँका अनुसार अहिल्यैसम्मको लेवि तथा कोषमा रहेको रकमलाई कुनै बैंक खाता खोली राख्ने निर्णय समेत गरेर आर्थिक विभागमा रहनुहुने उषा राईलाई अडिटको जिम्मेवारी र खाता खोल्ने जिम्मेवारी दिनुभएको जानकारी दिनुभयो । राईका अनुसार सुनसरी र भोजपुरमा समेत सदस्यता नविकरण गरि आउने कार्तिकसम्ममा कोशी सम्पर्क कमिटीको अधिवेशन गर्ने निर्णय भएको कुरा हिमालयन टाईकुनलाई जानकारी गराउनु भयो ।
कोशी सम्पर्क कमिटीका उपसचिव केशर अधिकारीले सोलखुम्बु काठमाडौं सम्पर्क मञ्चलाई निष्कृय कमिटीलाई सकृय बनाउन र सम्पर्क कमिटीभित्र रहेको सबै सदस्यता नविकरण गराउन सम्पर्क मञ्चका अध्यक्ष भीम शर्मालाई जानकारी समेत गराउनु भयो । साथै बाह्रै ओटा सम्पर्क कमिटीहरुलाई सकृय रहन र सदस्यता नविकरण गराउन सूचना दिई सबै कमिटीहरुमा आग्रह समेत गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर