काठमाडौं ४८ घण्टा देखिको अबिरल वर्षाका कारण सिन्धुपाल्चोकको ग्याल्थुम बजार जोखिममा परेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीले बजार क्षेत्रमा त्रास सिर्जना भएको हो । निरन्तरको वर्षाका कारण नदीमा वहाव बढिहरकोेले जोखिम बढेको हो ।
पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था बनेको स्रोतले जनाएको छ ।

हेलम्बु, मेलम्ची क्षेत्रमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । गएरातिदेखि सडक अवरुद्ध भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्याल्मोले जानकारी दिएका छन् । उनले भने ‘निरन्तर पानी परिहरेको छ आज सडक खुल्न सक्ने अवस्था छैन् ।’ पानी रोकिए पनि खोला घट्न समय लाग्ने उनको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर