
काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) को सहकारी संगठन नेपाल बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भूसालले, बाँझो रहेको जमिनमा खेती नगरेसम्म देश कृषिमा आत्मानिर्भर बन्न नसक्ने बताएका छन् । उनले देशमा बाँझो रहेको १० लाख ३० हजार हेक्टर जमिनमा खेती नगरेसम्म धानको आयात रोक्न नसकिने बताएका हुन् । मन्त्री भुसालले भने नेपाल एक कृषि प्रदान देश हो तर पनि हामी अरुको भरमा बाच्नु पर्ने बाध्यता रहेको छौ । जबसम्म देशमा सबै जनता कृषक हुन् सक्दैनन् तब सम्म हामी अरुमा नै आत्मनिर्भर रहनु पर्ने शनिबार बसेको सहकारी संगठन नेपाल बागमती प्रदेशको कार्यक्रमा बताएका हुन् ।
उनले भने तराईमा रहेको १० लाख ३० हजार हेक्टर जमिनमा धान खेति नगरेसम्म अरुमानै हामी आत्मनिर्भ रहनु पर्ने बताए । मन्त्री भूसालले सहकारीहरु सामुहिक खेतीको अभियानमा लाग्न सकेमा बाँझो खेतको उपयाग हुने बताए । सरकारले चैते धानको उत्पादनमा प्रोत्साहन गर्ने नीति ल्याएको भन्दै आउँने चैतमा चैते धानको रोपाई उत्पादनमा वृद्धि गर्नुपर्ने टिप्पणी गरे ।


