
काठमाडौं/ विश्वको दोस्रो सर्वोच्च शिखर माउन्टेन केटुको आरोहण गर्ने एकै परिवारका चार दाजुभाईलाई आज पर्यटन तथा उड्यान मन्त्री सुदन किरातीले प्रशंसासहित बधाई दिएका छन् । आरोहि संखुवासभाका मुक्तु शेर्पा, निङ्मा दोर्ची शेर्पा, पेचुम्बे शेर्पा र आङदावा शेर्पा रहेका छन् ।
आरोहिले अहिल्यै सम्मकै विश्व किर्तीमान कायम गरेको स्रोतले जनाएको छ । उनीहरू चारै जनाले गत जुलाई २७ मा आठ हजार ६ सय ११ मिटर उचाइको माउन्ट केटुको सफल आरोहण गरेर नेपालबाट मात्र नभई विश्वमै एकै परिवारका चार जनाले पहिलो पटक आरोहण गरेको कीर्तिमान बनाउन सफल भएका छन् । आरोहिहरुको लागि काठमाडौंको एक कार्यक्रममा मन्त्री किरातीले आफू आरोहीलाई स्वागत गर्न विमास्थलमा विशेष कारणले जान नसकेको भन्दै आरोहीले दिएको सुझावलाई ग्रहण गरेको र कानून बनाएरै त्यसलाई सम्बोधन गर्न लागेको आश्वासन मन्त्री किरातीले दिएका छन् ।


