काठमाडौं /सुनसरी जिल्लाको सम्तकोशीको तीन दिन एताको वर्षाका कारण वर्षकै उच्च वहाव मापन गरिएको छ । विभिन्न जिल्लाको उच्चहिमाली भेगबाट विभिन्न हिमालको फेदीबाट जम्मा भएर आउने सप्तकोशी नदी सात ओटा कोशी मिसिएर बग्ने नदी हो । लगातार हिमाली क्षेत्रमा वर्षाद भईरहेको कारणले तीनदिन एताबाट सप्तकोशीको बहाव बढेको सुन्सरी स्रोतबाट जान्कारी आएको हो । वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो।
पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको जनाइएको छ। सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो भने त्यसपछिको बढि बहाव भएको नै यो वर्ष भएको त्यहाँको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो । ३४ वर्ष पछि फेरी यो बहा दोहोरीएको हो । उहाँका अनुसार आज बिहान ४ बजे पानीको बहाव चार लाख ६२ हजार क्युसेक मापन भएको बताए। पानीको बहाव बढेसँगै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह पनि गरेको जानकारी दिनुभयो ।









