
काठमाडौं/ ललिता निवास प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदार र सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भुमिसुधार मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ बिरुद्ध आइृताबार पक्राउ पूर्जी जारी गरेको हो । आइतबार पक्राउपूर्जी जारी भएपछि सार्वजनिक जीवनमा रहेको गच्छदार, जोशी र श्रेष्ठलाई आफै ब्यूरोमा उपस्थित भएर अनुसन्धानमा सघाउन आग्रह गरिने छ । अर्का आरोपी साहभने जनकपुर बम बिस्फोट घटनामा दोषी ठहर भएर कारागारमा रहेका छन् । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट बढी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको घटनामा ब्यूरोले बिस्तृत अनुसन्धान गरिरहेको हो ।
ब्यूरोले घटनाका २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । यस्तै आइतबार नै सर्वोच्चले मुख्य निर्णयकर्तालाई समेत अनुसन्धानमा ल्याउन बाटो खुलागरेपछि सुरुवातमा यी चार बिरुद्ध पक्राउ पूर्जी जारी भएको हो । यस अघि पनि चच्छादार १० लाख धरौटिमा छुटेका थिए ।


