काठमाडौं/ रास्वपाको स्वाभापति एवम चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले महिलाहरुको लागि भनेर चलाउदै गरेको बसको रङ यातायात व्यावस्थापन कार्यलयमा कुनै अनुमति नलिकन संञ्चालनमा ल्याएको खुलासा यातायात कार्यलय भरत्तपुरका सुचना अधिकारीले जनाएको छ । उक्त बसमा महिला मात्र स्वार गर्न पाउने र रास्वपाका स्वाभापति रवि लामिछानेको फोटोसहितको कार्ड देखाएपछि मात्र चढन् पाउने बसको रङ यातायात व्यावस्थापन कार्यलयबाट अनुमति नलिकन चलाएको बुझिन्छ ।
कुनै पनि सवारी साधनमा बिलबुकमा नै बकैदा लेखिएको हुन्छ कि सवारीको रङ, सवारीको च्यासि नं., सवारीको सिट,सवारीको क्षमता साथै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११।१ ९४० को हेरफेर दर्ता गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रिया सम्वन्धी व्यवस्थाको उपदफा १० मा कुनै सवारीको किसिम, इन्जिन, च्यासिस, रंग सिट, बडी निर्माण वा अन्य विवरण हेरफेर गर्न विभागबाट स्वीकृति प्राप्त वर्कसपबाट मात्र गर्ने गरी स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ । सोही नियमावलीमा सवारीमा कुनै हेरफेर गर्न तोकिएको ढाँचाको फर्म भरेर निवेदन दिएपछि प्राविधिकहरूले आवश्यक जाँच गरेर मात्रै अनुमति दिने भनिएको छ । यसरी राज्यलाई हाक्ने भन्ने स्वाभापति समेतले कानुनलाई हातमा लिएको र आफू मनोमानी गरिएको देख्दा विभन्न निकायमा यसको निन्दनिय आवश्यक रहेको देखिन्छ ।




										
										




