काठमाडौं /केहिसमय यता देखि आर्थिक मन्दीकोकारण विभिन्न सहकारी तथा विभिन्न संघ सस्थामा केहि कारोबार गरिरहेको सेवाग्राहीहरुको चासोगुनासो आईरहेको बेला यतिबेला कलाकारसमेतको अनशन देखिन्छ । अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवीले ठगी गर्ने सहकारीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा अनशनमा बसेका हुन् । उनीहरुले आफूले बचत गरिरहेको सहकारी सिभिलमा २ करोड ६० लाख रुपैयाँ फिर्ता नपाएको बताए । रकम लिनका लागि पटक–पटक सहकारीमा गए पनि रित्तो हात फर्कनु परेको अभिनेत्रीहरूको गुनासो छ । बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले फसेको रकम झिक्न पहल गर्न भन्दै प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरूलाई भेटिसकेका छन् ।
उनीहरूले कहीँबाट पहल नभएपछि आफूहरू धर्नामा बस्न बाध्य भएको बताए । अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवीले ठगी गर्ने सहकारीलाई कारबाहीको माग गर्दै माइतीघर मण्डलामा अनशनमा बसेका हुन् ।


