
काठमाडौं /पछिल्लो समय नेपालीहरुको विदेश जाने लर्को बढ्न थालेको छ । नेपालको आर्थिक अवस्था र पारिवारिक अवस्थाको लागि अधिकांश नेपालीहरु विभिन्न देशका लागी भैतारिएको पाइन्छ । नेपालको अवस्था परिवर्तन भयो तर व्यावस्थापन परिवर्तन् भने पाईएको छैन् । रोजगारिका लागी नेपाली युवाहरु विभिन्न युरोप जाने र उत्तै पलायनसम्म हुने गरि युवाहरु गएको पाईन्छ । आर्थिक वर्ष २०७९र८० मा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याँक अनुसार नेपालीहरुले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्याण्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाइ र क्यानडा रहेका छन् । यी देशमा जान मात्रै आर्थिक वर्ष २०७९र८० मा ४४ हजार ३२७ जनाले श्रम स्वीकृति लिएका छन् । भने अरु विभिन्न भिजिट भिजामा जानेको संख्या एकिन् गर्न सकिएको छैन् ।
वैदेशिक रोजगारीमा मलेसिया जाने धेरै
आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै नेपाली रोजगारीका लागि मलेसिया गएका छन् । यो अवधिमा रोजगारीको लागि मलेसिया जान ७ हजार २९९ महिलासहित २ लाख ५९ हजार ५९४ जनाले नेपाल सरकारबाट श्रम तथा पुनः स्वीकृति लिएका छन् । जसमध्ये २ लाख १९ हजार ३५७ जनाले मलेसिया जान पहिलोपटक श्रम स्वीकृति लिएका हुन् । मलेसियाको सरकार पछिल्लो समय श्रमिकको पक्षमा लचिलो बन्दै गएको छ । आधारभूत तलब बढाएर १५ सय रिंगिट पुराइएको छ । मृत्युदण्डको सजाय हुने लगायत केही कानुनमा सुधार गरेको छ । यस्तै त्यहाँको हावापानी नेपालकोसँग मिल्दोजुल्दो भएकाले पनि त्यहाँको आकर्षण बेढेको देखिन्छ ।



खाडीको आकर्षण कायमै
मलेसियापछि सबैभन्दा धेरै नेपालीको आकर्षण खाडीका देशमा छ । खाडीका देशमा पनि कतार जानेको संख्या बढी छ । गएको आर्थिक वर्षमा ६ हजार ६९९ महिलासहित १ लाख ३३ हजार २६२ जनाले कतार जान श्रम स्वीकृति लिएका हुन् । यस्तै यूएई जान २४ हजार ९१ महिलासहित १ लाख १६ हजार १५९ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाएको छ ।
साउदी नेपाली श्रमिकको रोजाइमा चौथो स्थानमा छ । ९३३ महिलासहित एक लाख १२ हजार ७७७ जनाले साउदी जान श्रम स्वीकृति लिएका छन् । यस्तै कुवेत जान ३१ हजार ६९१ पुरुष ११ हजार ८१६ महिला गरी ४३ हजार ५०७ जना र बहराइनको लागि १ हजार ११७ महिला र ६ हजार ५१४ पुरुष गरी ७ हजार ६९० जनाले श्रम स्वीकृति लिएका छन् । खाडीकै अर्को देश ओमानको लागि श्रम स्वीकृति लिनेको संख्या ३ हजार ९५५ पुरुष र १ हजार ३३९ महिला गरी ५ हजार २९४ छ ।
खाडीबाहेकको कुरा गर्दा जापानको लागि १ हजार ४५८ महिलासहित ९ हजार ६४४ जनाले श्रम स्वीकृति लिएका छन् । नेपालबाट सरकारी प्रक्रियामा श्रमिक पठाइने देश इजरायलमा एक हजार ८४ जना गएका छन् भने दक्षिण कोरियामा २२ हजार ३३ जना गएको वैदेशिक रोजगार विभागको तथ्याँकले देखाएको छ ।