काठमाडौं /अहिल्यै सामाजीक सञ्चालमा विवादस्पद अभिव्यक्ति दिएर चर्चामा आउन खोज्दा अधिवक्ता भगती पाण्डे (उर्फ शितल) ले एक प्राइम टिभीको अन्तरवार्तामा आफूले जानेर वा नजानेर बोल्ने क्रममा आफ्नो बोली फुत्केर वा जानेर नै बोली फुत्केको हो । अधिवक्ता पाण्डेले मुस्लिम,मगर,तामाङ समुदायमा आफ्नै दाजु बहिनीहरुबीच विवाह गर्ने अभिव्यक्त दिए पछि सामाजिक सञ्जालमा विभिन्न टिका टिपणी आएको पाईन्छ । यसै बीच तामाङ समुदाय र मगर समुदायबीचको केहि शुभचिक्तकसम्म रहेकाले अहिल्यै उनी विरुद्ध नै जाहेरी दिएको (डिएसपी) अनिल अधिकारीले बताउनु भएको छ । अभिवक्ता पाण्डेले विभिन्न जात,जातीमा जातिय भेदभाव गरी जातिय रुपमा आमूर्त नकरात्मक खालको लान्छनाले विभिन्न जनमानसमा नकारात्मक प्रभाव परेको देखिन्छ ।
कानुनि रुपमा उनी अधिवक्ता भएता पनि कति खेर के बोल्नु पर्ने र कुन विषयवस्तुलाई ध्यानमा राखी बोल्नु पर्ने भन्ने विषयलाई मध्यनजर नराखी बोल्दा समाजमा कस्तो खालको आच सिर्जना गराउछ र जनमानसमा कस्तो खालको विकृति देखा पर्छन् भन्ने विषयलाई ध्यानमा नराख्दा आज कानुन सिकाउछु भन्दा भन्दै आफै कानुनको दायरामा पर्ने सम्भावना देखिएको अधिवक्ता भगवती पाण्डेमा देखिएको छ ।
कहिल्यैकाही विभिन्न विषय वस्तु उठान गराएर आफू चर्चामा आउने अहिल्यैको मूल विषयवस्तु भएको कारण नै हो भन्न यो विषयले सबैको मनमा शंकाउपशंका उपजेको विषय वस्तु बन्न पुगेको पाईन्छ । आधिकारिक पृष्टि नभई र कुनै विषयलाई सुष्म ढङगले अध्यान नर्गनाले मानिस आफै जनजालमा फसिन्छ भन्ने विषय यो घट्नाले लिएको हो । विषय वस्तु ,घटना प्रकृतिलाई ध्यानमा नराख्दा आज आएर अधिवक्तालाई नै पक्राउ पुर्जी जारी भएको देखिन्छ ।




										
										




