
सोलुखुम्बु जिल्ला थुलुङ दुधकोशी गाउँपालिकामा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) बिच गठबन्धन भई आसन्न निर्वाचनमा वडा अध्यक्ष पदमा माओवादी केन्द्रलाई उम्मेदवार दिइएको कुरा हिमालायन टाइकुनलाई प्राप्त भएको छ ।
यही आउने बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनमा नेकपा (एकिकृत समाजवादी) उम्मेदवार सुदेश राई र चन्द्र बदादुर राई बिच वडा अध्यक्षकोलागी सिफारिस भएको थियो। यही सिफारिसमा माओवादी केन्द्र र नेकपा (एकिकृत समाजवादी) बाट राई आफ्नो टिमलेनै समर्थन जनाउने गरी अध्यक्ष पद छोडी गठबन्धनलाई समर्थन गर्ने निर्णय हिमालायन टाइकुनलाई दिनु भएको छ ।



राईका अनुसार थुलुङ दुधकोशी गाउँपालिकामा पालिका अध्यक्ष असिम राई लाई उम्मेद्वारको टिकट दिई नेकपा (एकिकृत समाजवादी) को तर्फबाट समर्थन दिने गरी राईले यस पटकको वडा अध्यक्ष पद छोड्नु पर्ने कुरा हिमालायन टाइकुनलाई स्पष्ट पार्नु भयो।