
५ बैशाख, सोलु खुम्बुको थुलुङ् दुधकोशीको गाउँपालीका वडा नं. ५ का सुदेश थुलुङ् वडा अध्यक्षमा उठ्ने मनसायका साथ राजनितिलाई अगाडी बढाउन चाहेका छन् । नेकपा (एकिकृत समाजवादी) पाटीमा प्रदेश नं. १ को सम्पर्क सदस्य, जिल्ला कमिटि सदस्य र अनेरास्वव्युका उपाध्यक्षमा रही काम गर्दै आउनु भएका थुलुङ् २०७९ को स्थानिय चुनावमा आफ्नो भारी मतका साथ चुनाव जित्ने पक्का हिमालायन टाइकुनलाई जानकारी दिनुभएका छन् ।
थुलुङ्का अनुसार उहाँले देश र जनताकोलागी जहिलेपनि आफु समर्पित रहने र अहिले काठमाडौँमा विभिन्न पेशा व्यावसाय चलाउँदै आउनु भएको भएतापनी गाउँ र विकासकोलागी जहिले पनी आफ्नो इमान्दारिताका साथ एक खम्बा भई रहने उहाँको भनाई छ ।



नेकपा (एकिकृत समाजवादी) मा विभिन्न पदमा रही काम गर्दै गर्दा गाउँकोलागी विभिन्न योजनाहरु बनाई आजै गाउँ पुग्नुभएको उहाँले टाइकुनलाई बताउनु भयो ।
उहाँले विभिन्न योजनाका साथ आफ्नो घोषणा पत्र र कलम चिन्हकासाथ आफ्नो पालिका जानुभएको उहाँले बताउनु भयो ।