
काठमाडौं /नेपाली काग्रेसको महाधिवेशनको मत मतपरिणामअनुसार सभापति पदमा देउवाले धेरै मत ल्याएका थिए भने दोस्रो धेरै मत शेखर कोइरालाले ल्याएका थिए। देउवाले २२५८ मत ल्याएका थिए भने कोइरालाले १७०२ मत ल्याएका थिए। सिंह पनि पहिलो चरणमा सभापति पदका उम्मेदवार थिए। सिंहले ३७१ मत ल्याएका थिए।
आजै कांग्रेस सभापति पदका लागि दोस्रो चरणको मतदान हुने कार्यक्रम छ। आज अपरान्ह ३:३० बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जानकारी दिएको छ। आफूहरूले दोस्रो चरणको मतदानमा सभापतिमा देउवालाई समर्थन गर्ने सिंहले बताए। सिंहलाई भेट्न देउवा आज उनकै निवास चाक्सीबारी ठमेल पुगेका थिए। सिंहले सघाउने भएपछि देउवाले धन्यबाद दिएका थिए। ‘प्रकाशमानजीले सदासयता देखाउनुभयो, आत्मियता देखाउनुभयो,’ देउवाले भने, ‘वास्तवमा हामी पहिलेदेखि साथी नै हो। मैले प्रतिवद्धता तोड्ने छैन। कांग्रेसभीत्रको धेरै जनाको आशा नयाँ थियो शेखर कोईराला पनि देख्न सकिन्छ । तर त्यसको विपरित हुन गएको देखिन्छ ।


