’झापाकी गायिका रचना रिमालप्रति म वान साइड लभमा छु’, उनले भने, ’उनको गायिकी क्षमताको प्रेममा परेको हुँ ।’रचनाको जबाफ दिने शैलीको तारिफ गर्दै मुख्यमन्त्री राईले भने, ’अन्तर्वार्ता लिँदा तपाईं कसलाई मन पराउनु हुन्छ भनेर सोध्दा रचनाले म तपाईंलाई मन पराउँछु भनेर जबाफ दिन्छिन् । नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारको क्षमताबारे बताए । गायक प्रेमराजा महतले ’पानको पात’ बोलको गीत गाउँदा नायिका रिमालसहित गायक प्रमोद खरेल, नायिकाद्वय केकी अधिकारी र वर्षा राउत, शंकर विसीलगायत कलाकारसँग मुख्यमन्त्री राई नाचेका थिए ।




							
										
										




