काठमाडौं सम्वाददाता
काठमाडौं/नेपालमा १२अ‍ैं राष्ट्रिय जनगणना संकलन भईरहदा काठमाडौंको व्यास्त शहरमा जनगणना संकलन गर्न समस्या भईरहेको देखिएको छ । यसरी दश–दश वर्षमा आउने जनगणनाको सुपरिवेक्षक तथा जनगणना टिपाउन आउने गणकलाई काठमाडौको सबै घर मुली तथा घर भाँडामा बस्ने मानिसहरु नभेटिएको कारण समस्या आएको देखिन्छ । काठमाडौंमा विभिन्न व्यापार व्यावसाय गरि आफ्नो जिवनयापन गर्दै आएका मानिसहरु बिहानै आफ्नो व्यावसायतिर लाग्ने भएको कारण घर–घरमा नभेटीने गणकहरुको गुनासो पाईएको छ ।

यसरी जनगणना टिपाउनको लागी गणकहरु दिउँसो नगई बेलुका साँझमा गएको पाईएको छ । यसरी जनगणना टिपाउँदै गर्दा आफ्नै टोल घर नं टिपाउनु पर्ने र आफ्नो–आफ्नो वडा तथा स्थाई तथा अस्थाई रुपमा बसोबास गर्दै आएका नेपालको जनसंख्याको आकारमा जनघनत्व बढि भएको कारण विभिन्न जिल्लाबासिहरु यहाँ नै बसोबास गर्दै आएको हुनाले काठमाडौंमा बढी मात्रामा समस्या भईरहेको जनगणना टिपाउन आएका गणकको गुनासो हिमालयन टाईकुनलाई जानकारी दिएको र उहाँहरुको गुनासो जस्ताको तस्तै सम्प्रेषण गरिदिएका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर