
काठमाडौं/ संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन(मिराक) ले प्रदेश नं १ लाई पहिचानका आधारमा नाम राख्ने सहमति नभएसम्म प्रदेश १ले कुनै अन्य वैकल्पीक नाम नदिने उहाँको जिकिर छ । झापामा भएको छैटौ संघीय लिम्बुवान मञ्च अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले पहिचानको लागी जस्तो सुकै त्याग र वलिदान दिन पनि पछि नपर्ने उनले बताए । अध्यक्ष लिङ्देनअनुसार प्रदेश नं १ लाई लिम्बुवान हुनु पर्ने माग गर्दै अहिलेसम्म पहिचान विरोधीहरुकै कारण प्रदेशले नाम नपाएको उहाँको भनाई छ । सभालाई सम्बोधन गर्दै लिङ्देनले अरु प्रदेशमा जस्तो सुटुक्कै नाम राखेर नामाकरण गरिएको जस्तो प्रदेश नं १ मा नाम राख्न कल्पना समेत नर्गन चेतावनी दिएका छन् । पहिचानको आधारमा प्रदेश नं १ लाई कुनै एउटा पहिचान दिएको भए अहिलेसम्म प्रदेश १लाई पहिचानको आधारमा चिन्न सकिने कुरा उनले बताए । नामाकरणमा हामिलाई वाईपास गरियो भने लिम्बुवान नेता कार्यकर्ता र विद्यार्थीहरु सडकमा उर्तिने उहाँले हिमालयन टाईकुनलाई बताउनु भयो ।


