
काठमाडौं सम्वाददाता /शनिबार काठमाडौंमा आयोजित किरात राई यायोक्खाको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो प्रस्तुती दिने क्रममा लोकप्रिय गायक राईले सत्य कुरा तितो हुने भन्दै प्रदेश १ किरात राज्य नै हुनुपर्ने बताए । मुख्यमन्त्री राजेन्द्र राईसामु उनले पहिचानको कुरा उठिरहेको बेला प्रदेश १ मा किरात हुनुपर्ने भन्दै आग्रह गरेका हुन् । हामिले जहिल्यै सरकारलाई केहि काम नगरेको भन्दै गाली गर्ने गरेको तर अब आफ्नो मान्छे नै सरकारमा हुँदा ‘काम कतिको गर्नेछ ?’ भन्ने हेर्न बाँकी नै रहेको पनि उनले बताए ।
मुख्यमन्त्री भएकोमा शुभकामना दिँदै उनले भने, ‘प्रदेश १ मा किरात राज्य होस् मेरो कामना छ ।’ कतिपय अवस्थामा यो कुरा छुच्चो पनि लाग्ने तर कतिपय कुराहरु सत्य तितो पनि हुने उल्लेख गरे । ‘औषधि कतिपय तितो पनि लाग्ने तर त्यसले ठ्याक्कै शरिरको लागि काम गर्छ ।’ उनले यसलाई दबाईको रुपमा तितौ भए पनि स्वीकार्न आग्रह गरे ।



यस्तै गायक राईले उपराष्ट्रपति नन्दबहादुर पुनसामु हेर्दै भने तपाईहरुको विचारले नै हामी यतिको बोल्ने भएका छौँ, यो विचारहरु कहिले नटुटोस्’ उनले भने, ‘माओवादी ओन्दोलनकै विचारले हामी यतिको भएको बताए । ‘वहाँहरुको योग्दानले नै हो हामी यतिको भएको । नत्र मलाई पनि पक्रेर लैजान्थ्यो होला उनले भने । कार्यक्रममा उनले आफ्ना पछिल्लो नयाँ चर्चित गीतहरु प्रस्तुत् गरेका थिए । यस्तै उनले किरात राइ योयोक्खालाई एक लाख रुपैयाँ दिने घोषण पनि गरेका छन् ।