
काठमाडौं/नेपाल बार एशोसिएशनमा अधिवक्ता विराट न्यौपाने र भूमिनन्द बीच भएको कुस्तीको सम्बन्धमा अधिवक्ता कृष्ण प्रसाद भण्डारी उमेर र अनुभवका हिसाबले सबैभन्दा पुराना वकिल हुन । भण्डारीका अनुसार न्यायालयमा हुने चलखेल र भ्रष्टचारविरुद्ध आवज उठाइरहने सात दशक वकालतमा बिताएका यी बरिष्ठ वकिलका अनुसार न्यायालयमा अहिल्यै राजनीति दबाब छ । यसको मुख्य पात्र भनेकै चोलेन्द्रशमसेर जबरा हो । भण्डारीका अनुसार राजनीतिक नियुक्तिदेखि राजनीतिक दबाब र मोलमोलाइ न्यायालयमा प्रशस्त छ। त्यसका नाइके वा मूलव्यक्ति प्रधानन्यायाधीश चोलेन्द्रशमसेर नै हुन्। राजनीति गर्नेहरूले पनि न्यायालय बिगारेका छन् तर प्रधानन्यायाधीश त अडिग हुनुपर्थ्यो नि। उनी पनि बडो अवसरवादी र स्वार्थी मान्छे हुन्। आफ्नो पद जोगाउन जे पनि गर्छन्। उनलाई न्यायमा भरोसा छैन। न्याय दिनुपर्छ भन्ने पनि लाग्दैन। त्यसैले हामी शुद्धिकरण अभियानमा लागेका हौं।
हाम्रो संविधानमा जनता भनेको सार्वभौमसम्पन्न हो। आज जनताको आवाज प्रधानन्यायाधीशले राजीनामा गर भन्ने छ। उनी सडकबाट दबाब आउँदैमा राजीनामा दिन्न भन्छन्। तर जनताको आवाज भनेको सार्वभौमसत्ताको आवाज हो। जनतालाई अन्याय परे अदालतभन्दा पहिले वकिलकहाँ आउँछन्। न्याय पाइन्छ कि पाइन्न भनेर उनीहरूलाई वकिलले भन्ने हो। त्यसैले न्यायालयको दोस्रो पांग्रा भनेका वकिलहरू हुन्। न्यायालय गुड्न त पहिलो पाङ्ग्रा राम्रो हुनुपर्यो नि भन्ने हाम्रो माग हो। चोलेन्द्रशमसेरको अवधि, उनको स्वामित्व र विचारको न्यायालय राम्रो भएन। त्यसैले उनले छाड्नुपर्छ। अहिले हामी संयमित तरिकाले उनको राजीनामा मागिरहेका छौं। यसलाई उनले कमजोरी नठानून्। राजीनामा नदिए हामी कडा रूपमा आन्दोलन गर्छौं।



हामी न्यायालय सुधारको अभियानमा छौं। जबसम्म चोलेन्द्रशमसेर प्रधानन्यायाधीश रहन्छन्, न्यायालयमा शुद्धीकरण हुँदैन। उनी बडो खटपटवाला मान्छे छन्। राजनीतिक दलसँग मिलेका छन्, दलाल र बिचौलियाहरूसँग मिलेका छन्।