
काठमाडौं/चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योति मगर पश्चिम विकट गाँउ रोल्पामा जन्मेर काठमाडौंमा कलाकारिता क्षेत्रमा विभिन्न कारणले चर्चामा आइरहने ज्योतिले काठमाडौंको कोटेश्वरमा लकडाउन भन्दा अगाडि नै तीन लल्लाको घर बनाइसकेकी बताएकी छिन ।
अविवाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँई बस्ने दुलाह खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् । रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु । ज्योती मगर विशेषगरी उनका गीत र भिडियो अनि समय समयमा दिने बयानका कारण प्रायः चर्चामा रहने गर्छन् । नेपाली समाजले उनका धेरै गीतहरूलाई पाच्य मान्दैन ।दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन् ।



पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ । शुरुवातमा उत्ताउला र उच्छृंखल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ । उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन् । उनीसँग आफ्नै लग्जरी कारपनि छ । उनको शौखिन जीवनशैली निक्कै लोभलाग्दो छ । अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन् ।