
११ कात्तिक, काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा तिन मित्र देशमा नयाँ राजदुत नियुक्तिकालागी सिफारिस गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा.शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।



यसअघि पनि शंकर शर्मा राजदूत भइसकेका थिए। उनी अमेरिकाका लागि राजदूत भएका थिए। यस्तै खत्री परराष्ट्र मामिला विज्ञ हुन् भने आचार्य पूर्वसचिव हुन्।