११ कात्तिक, काठमाडौं/सरकारले बाढी, पहिरोका कारण मानविय लगायत धनजनमा भएको क्षति ब्‍यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशत सम्‍मको राहत प्रदान गर्ने भएको छ।

मन्‍त्रिपरिषदमा बिहिबार बसेको  बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले जानकारी दिए ।

त्यस्तैगरी क्षति र जग्‍गाका आधारमा  १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशतसम्म र ३ विघादेखि बढी जग्गा भएका किसानलाई  क्षतिको २० प्रतिशत राहत दिने निर्णय भएको उनले बताए ।

कात्तिक १ गते देखिको वर्षातका कारण देशका विभिन्‍ना ठाउँमा, बाढी र डुवानका कारण विशेष गरी तराइ क्षेत्रमा पाकेका धानबाली डुवानमा परेको थियो । धानबालीमा भएको क्षतिबारे अनुसन्‍धान अध्‍यान गर्न सरकारले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा समिति गठन गरेको थियो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्धारण भएको उत्पादन धानको न्युनतम समर्थन मूल्य कायम गर्दा लागतका आधारमा किसानले राहत पाउने बताएका छन्‌।

 

प्रतिक्रिया

सम्बन्धित खवर