काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋृषि कट्टेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) डर छेरुवा नेता बताएका छन् । प्रचण्ड पहिलो पल्ट प्रधानम्त्री भएको बेलामा तत्कालिन प्रधान सेनापति रुक्मांगत कटुवालसँग डराएर एक रात घर छाडेर भागेको कुरा कट्टेलले खुल्लासा गरेका हुन् । तत्कालिन प्रधानमन्त्री प्रचण्डले रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने निर्णय गरेका रात घर छोडेर अन्त नै भागेका कुरा प्रचण्डको सुरक्षमा खटिएका एक सुरक्षाकर्मीले आली टिभी नेपालसँगको कुराकानीमा आपुलाई बताएको बताए ।

सेनाले कुरा गर्न सक्ने सम्भावनाले प्रधानमन्त्री निवासमा असुरक्षित बन्ने कुराले प्रचण्ड अन्त कतै बाहिर अरुकै घरमा राखिएको थियो । यस्तो घटना नेपालको ईतिहासकै पहिलो घटना र पहिलो प्रधानमन्त्री होलान । “प्रचण्ड कति डरपोक छन भन्ने उदाहरण यही काफी छ । अहिल्यै पनि प्रचण्ड एमाले अध्यक्ष ओलीसँग तिर्सिएको उनको भनाइ छ । जनयुद्धमा बाबुरामलाई “ म टाउको काटदै जान्छु तपाई समाल्दै आउनुुस” भन्ने कुरा विक्षिप्पतताको उपज हो भन्दै कट्टेलले प्रचण्डको धम्कीको केहि मान्यता छैन् भन्ने जिकीर छ । यो त पुरै जोकरको बोली हो । वाईसियलले भन्दा पहिला युथ फोर्सले चाँही ठोक्ला भनेर प्रचण्डलाई कट्टेलले सचेत बनाए । अब ६४ सालको माओवादी कुनै हालतमा पनि नहुने बताए । प्रचण्ड बिहान एउटा कुरा गर्ने, दिउँसो अर्को कुरा गर्ने र बेलुका अर्को कुरा गर्ने मान्छे भन्दै कट्टलले अब उनका कुरा कसैले पनि नपत्याउँने ठोकुवा गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर