
१० कात्तिक, काठमाडौं/ आज सिंहदरबारभित्र अचानक गोली चलेको छ। बुधबार दिउँसो राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पीएसओले बोकेको पेस्तोलबाट गोली चलेको हो।
महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारका अनुसार संसद सचिवालयको दुई नम्बर भवनमा दाहालका पीएसओ भारतीले पेस्तोल चेकजाँच गर्दा अचानक गोली पड्किन पुगेको थियो । गोली अनजानमा अचानक चलेतापनी सिधा भित्तामा लागेको भएर मानविय क्षति नभएको प्रहरीले जनाएका छन्।


