काठमाडौं/ बाहिङ किरात मुलुखिम हङकङ साखाका संस्थापक तथा हाल बाहिङ किरात मुलुखिमका सल्लाहाकारमा रहि एभरेष्ट साप्ताहिक प्रकाशनका सम्पादक पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुने क्रममा काठमाडौंबाट भोजपुर घुम्न जानेक्रममा खोटाङको रुपाकोट मझुवागढी नगरपालिका – ८ मा पर्ने पंखु खोलामा आइताबार साँझ भिरबाट लडेर मृत्यु भएको हो । पत्रकार राईसँग सशस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि सँगै भएको कुरा श्रेष्ठले बताएका हुन् । उहाँका अनुसार गाडी रोकेर दिसापिसाब गराउने क्रममा पाखातिर जादा राईको चिप्लेर मृत्यु भएको कुरा सँगै भएका श्रेष्ठले बताए ।
ओखलढुङ्गाबाट बसाई सरी सुनसरी धरान गएका राई दुई दशक देखि पत्रकारिता गर्दै आएका हुन् । राई हङकङका सम्पादक तथा जनजाति हङकङ महासंघका अध्यक्ष तथा किरात राई यायोक्खाकाको संस्थापक समेत बुझिन्छ । राईको मृत्यु हुने विषयमा मझुवागढी नगरपालिकाको प्रहरी चौकी दोर्पाचिउरीडाँडालाई बेलुका ६ बजे खबर पुगेको जिल्ला प्रहरी कार्यालय खाटाङका प्रहरी निरीक्षक सागर शाहले बताए । शाहको नेतृत्वमा खटिएका प्रहरीले राति २ बजे शव जिल्ला अस्पताल खाटाङ मृत अवस्थामा पु¥याइएको डा ः बैभव मल्लिकले पृष्टि गरेको थिए । त्यसपश्चात धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरे शव जिम्मा दिइएको कुरा प्रहरी निरीक्षक शाहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर