काठमाडौँ /काठमाडौंमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राजधानीको सिनामंगलबाट ११ जना अफगान नागरिकलाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान उनीहरु बसिरहेको घरमा पुगेको ब्यूरोको टोलीले छापा हानेर नियन्त्रणमा लिएको हो ।

उनीहरु केही दिनअघि सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएका थिए । काठमाडौं आइपुगेका उनीहरुलाई राष्ट्रसंघीय शरणार्थी उच्चायोगले सिनामंगलस्थित एक घरमा राखेको थियो । पक्राउ परेकालाई अध्यागमन कार्यालयमा बुझाउने तयारी भएको ब्यूरोले जनाएको छ ।तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ । अफगानीहरु बिना अनुमती नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले बताएका छन् ।पक्राउ परेकामध्ये ६ जनासँग भारतको आधारकार्डसमेत बरामद भएको सिआईबीले जनाएको छ । बरामद भएको भारतको आधारकार्ड नक्कली भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर