१९ असोज, काठमाडौं/ बागमती प्रदेशमा एकीकृत समाजवादीले गरेको भेलाले २३१ सदस्यीय नयाँ बागमती प्रदेश कमिटी गठन गरेको छ । आज भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका आयोजित भेलामा प्रादेशिक इन्चार्जहरु लगायत अन्‍य पदाधिकारीसहितको १७ सदस्यीयको सचिवालय गठन भएको छ ।

सोही कार्यक्रममा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कमिटीका सदस्यलाई शपथ गराएका थियो । कार्ययोजनासम्बन्धी इन्चार्ज केदार न्यौपानेले विषय प्रस्तुत गर्नुभयो यसैगरी स्थायी समिति सदस्य जीवनराम श्रेष्ठले कार्यविभाजनसम्बन्धी विषय प्रस्तुत गरेका थिए।

सङ्गठनलाई शुद्धीकरण, सुदृढीकरण र विस्तार गर्नेलगायत विषयमा छलफल गर्दै प्रदेशभित्र सञ्चालन गरिने राजनीतिक गतिविधि, कार्य विभाजन र आवश्यकतानुसारको जिम्मेवारी प्रदान गर्न छलफल भएको छ । स्थायी समिति सदस्य सावित्रा भुसालले आगामी दिनमा प्रदेशलाई कसरी सशक्त बनाएर लैजाने, प्रदेशभित्र पर्ने, महानगर, उपमहानगर, नगर, वडालगायत स्थानीय तहका निर्वाचनमा कसरी सफलता प्राप्त गर्ने विषयमा संवेदनशील हुन आग्रह गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर