काठमाडौंमा सम्वाददाता

काठमाडौंमा/हिजो देखि बस व्यावसायिले तेलको भाँउ बढ्ने हाम्रो बसको भाडा नबढ्ने भन्दै सोमबार बाट सार्वजानिक गाडी,छोटो दुरी र काठमाडौंभर चल्ने गाडीहरु रोडभरी तेस्र्याएका छन् । महासंघका सह-अध्यक्ष किरन रिजालले विभिन्न प्रदेश सरकारले प्रदेशस्तर र स्थानीय रुटमा चल्ने सार्वजनिक सवारीको भाडा नबढाएपछि आफूहरू बाध्य भएर आन्दोलनमा जानु परेको बताए।

रिजालका अनुसार आफूहरूले सांकेतिक रूपमा सोमबार सार्वजनिक सवारी सडकको किनारमा रोकेर विरोध प्रदर्शन गरिएको हो ।‘संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको भाडा गत असार २७ गते २८ प्रतिशतसम्म बढाए पनि छोटो दूरीमा चल्ने र उपत्यकाको हकमा भने सवारीको भाडा वृद्धि भएको छैन’, यसलाई दबाब दिनका लागि हामीले असोज ६ गतेदेखि निरन्तर आन्दोलन गरिरहेका छौ। त्यसकै निरन्तरताका रूपमा आजको सांकेतिक आन्दोलन गरिएको हो।’ आफूहरुले सबै प्रदेश र सम्बन्धित स्थानीय तहमा भाडा समायोजनका लागि लिखित आग्रह गरेपनि सुनुवाई नभएको उनले बताए।

‘हामीले पटक-पटक स्थानीय निकाय, सिडिओ कार्यालयसहित सम्बन्धित निकायमा जानकारी गराउँदा पनि कुनै सुनुवाई भएन, हिजो मात्र हामीले काठमाडौंको सिडिओसँग वार्ता गरे पनि कुनै उपलब्धि नभएपछि आन्दोलनलाई निरन्तरता दिएका हौ’, उनले भने। कानुनअनुसर छोटो रुटहरुमा चल्ने सार्वजनिक सवारीको भाडा समायोजनको अधिकार सम्बन्धित प्रदेश र स्थानीय तहरुलाई छ । प्रदेश सरकारले भाडा बढाउन चासो नदिए अब चोक-चोकमा सवारी तेर्स्याएर आन्दोलन गरिने महासंघले चेतावनी दिएको छ । प्रदेशभित्रका एउटा स्थानीय तहबाट अर्कोमा र एउटा जिल्लाबाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय तहभित्र सम्बन्धित स्थानीय सरकारले नै भाडा समायोजन गर्नुपर्ने हुन्छ । यातायात व्यवसायीले संघीय सरकारले बढाएकै दरमा स्थानीय तह र प्रदेशमा चल्ने सवारीको भाडा समायोजन गर्न माग गर्दै आएका छन् ।

पुरानै दरमा भाडा उठाइरहनुपर्दा सवारीको सञ्चालन खर्च नउठ्ने अवस्था आएको महासंघले बताएको छ। फेरि उपत्यकाको हकमा विभिन्न करले गर्दा सञ्चालन खर्च बढेको छ। पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले लामो दूरीमा चल्ने सवारीको भाडामा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो । महानगरीय ट्राफिक महाशाखाका अनुसार रिङरोडभरि ५ सय वटा बस तेर्स्याइएका छन्। भाडा बढाउनुपर्ने माग राखेर यातायात व्यवसायीले सडकमा बस तेर्स्याई चाबी लिएर हिँडेका छन्।

‘चाबी लिएर गएका छन्, यतिका बस हटाउन सम्भव नै छैन,’ ट्राफिक महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले सेतोपाटीलाई भने, ‘यातायात कार्यालयमा वार्ता भइरहेको छ। कार्यालय समयमा व्यवसायीले सडकमा बस तेर्स्याएपछि यात्रुलाई सास्ती भएको छ भने काठमाडौं उपत्यकाको सवारी अस्तव्यस्त बनेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर