
१७ असोज, काठमाडौं/ काठमाडौं महानगरपालिका नगर सभापतिमा नेपाली कांग्रेसका नीलकाजी शाक्य विजयी भएका छन् । शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो । यसैको सहयोगमा आइतबार भएको मतदान मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल विजयी भएको छ ।
शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन् ।


