
१३ असोज, आगामी पुसमा हुने नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने भएका छन् । स्थायी कमिटद्वरा बुधबार बसेको बैठकमा १२ सयसम्मकाहर प्रतिनिधि सहभागी हुने छन् ।
स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलका अनुसार बैठकले एउटै व्यक्ति दुईवटा कमिटीमाबस्न नपाउने निर्णय गरेको छ । केन्द्रीय कमिटीका सदस्यहरु प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने भएका छन् । माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।



नेता देव गुरुङले यसबीचमा विभिन्न घटकसँग भएका पार्टी एकता र अर्को पार्टीबाट आएका नेताहरुलाई जिम्मेवारी दिने सवालमा पार्टीमा गठन भएको कार्यदलको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै उनले स्कुल विभागले पेश गरेको प्रतिवेदनबारे पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए ।