१३ असोज, काठमाडौं / सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा  हुने सुनुवाइ  हेर्न नमिल्‍ने सुचीमा राखिएको छ । वैधानिक इजलासमा उनीविरुद्धको मुद्दाको पेसी तोकिएकामा हेर्न नमिल्नेमा राखिएको हो ।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरिएको छ । सभामुख विरुद्धका अवहेलना र द्वन्द्वकालमा  भएका काभ्रेका अर्जुन लामाको हत्या विरुद्ध तीन मुद्दाको सुनुवाइ आजका लागि तोकिएको थियो।

पहिले पनि १६ भदौमा यो मुद्दा संवैधानिक इजलासमा राखिएकोमा हेर्न नमिल्ने भनी सुनुवाइ स्थगित भएको थियो ।  सोही मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर