
१२ असोज, काठमाडौं/ प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शहरको सुन्दरता फर्काउन पोल भाडा बढाएको छ । विद्युत प्राधिकरणका अनुसार विद्युतिय पोलमा राखिएको तारले शहरको सुन्दरता हराएकाले त्यसलाई व्यवस्थित गर्न पोल भाडा बढाएको जनाएको छ । विद्युत प्राधिकरणले प्रष्ट्याएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शहरको सुन्दरता फर्काउन पोल भाडा बढाएको बताए ।
यसका साथै, विद्युतका पोलले थेग्नै नसक्ने गरी तारहरु राखिएकाले त्यसलाई व्यवस्थित गर्नकालागी भाडा बढाउनु परेको उनको भनाई छ । बढाइएको भाडाले प्राधिकरणलाई ठूलो नाफा नहुने उनले बताए । उनले भने, ‘पोल भाडा नबढाउँदा इन्टरनेट सेवा प्रदायकमार्फत प्राधिकरणले २५ करोड उठाउँदै आएको थियो । अब बढेर ५० करोड होला । तर, समग्रमा यो प्राधिकरणका लागि ठूलो रकम होइन ।’



घिसिङका अनुसार इन्टरनेट व्यवसायीले राखेको तारमध्ये पोलमा ९५ प्रतिशत तार काम नलाग्ने बताए । उनका अनुसार पोलमा टाँगिएको तार मध्य ५ % मात्र तार काम लाग्ने छन् । उनका अनुसार पोल भाडा वृद्धिसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पनि सामूहिक तार राख्न कर लाग्ने बताए ।